प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका मिराज ढुंगानाको समूहलाई प्रहरीले गेटबाटै लखेट्यो
No ads found for this position
No ads found for this position
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन सिंहदरबार पुगेका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई प्रवेशमा रोक लगाइएको छ ।
मंगलबार सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेनजीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो । हिजो अपरान्ह पनि २१ वटा जेनजी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।
जेनजी समूहलाई प्रवेशमा रोक लगाएपछि सरकारले प्रहरी लगाएर युवाहरूको आवाज दमन गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।
प्रतिक्रिया


