सुनको मूल्य तोलामा ५ हजार २ सयले बढ्यो
No ads found for this position
No ads found for this position
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले वृद्धि भएको छ।
अघिल्लो दिन सोमबार १९ सय ले घटेको सुन आज ५ हजार २ सयले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार २ सयले बढेर प्रतितोला सुनको भाउ २ लाख ४७ हजार ९ कायम भएको छ।
यस्तै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार २ सय कायम भएको छ। अघिल्लो दिन सोमबार सोही परिमाणको चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया


