सभापतिको हस्ताक्षरमा कांग्रेस निर्वाचनमा जाँदैन, विशेष महाधिवेशन हुन्छ : गगन थापा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा पार्टी निर्वाचनमा नजाने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत अब पार्टीमा विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने भएकाले नयाँ सभापतिको हस्ताक्षर जाने बताए। उनले नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्ने बताए।

उनले भने,‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ, पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने; होइन। अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’

उनले यहि कारणले निर्वाचन अगाडि नै कांग्रेसको महाधिवेशन भनेको उल्लेख गरेका छन्। उनले कसैलाई अलमल नपर्न आग्रह गर्दै अब विशेष महाधिवेशनको विकल्प नभएको बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *