नेपाल नेत्रहीन महिला टी-२० विश्वकप उपविजेता टोली स्वदेश फिर्ता (तस्बिरहरु)
अनुप प्रधान
काठमाडौं । श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी-ट्वान्टी विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । श्रीलंकाको राजधानी कोलम्बोमा आईतबार सम्पन्न फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो ।

नेपाली महिला टोलीको पहिलो उपाधि लक्ष्य अधुरै रह्यो । पी सारा ओभलमा नेपालले १ सय १५ रनको सामान्य लक्ष्य दिएको थियो । त्यो लक्ष्य भारतले मात्र ३ विकेटको क्षतिमा १२ औं ओभरमै पूरा गर्दै पहिलो संस्करणको विश्वकप उपाधि उचालेको हो ।

पहिलो संस्करणको विजेता भारतले १५ लाख र नेपालले ९ लाख श्रीलंकाली रुपैयाँ पाए । श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले विजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए । यस विश्वकपमा नेपालका दुई खेलाडी फरकफरक क्याटगोरीमा प्लेअर अफ द सिरिज भए । ‘बी वान’ क्याटगोरीबाट सुष्मा तामाङ र ‘बी टु’ बाट सिरिज मनकेशरी चौधरी प्लेअर अफ दी म्याच भए । उनीहरूले दुवैले ३७ हजार पाँच रुपैयाँ पुरस्कार पाए ।



