जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो

No ads found for this position
No ads found for this position

जनकपुरधाम । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ ।

जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो । भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए ।

जीन माता ट्रस्टले यस अघि पनि सयौँ मन्दिरहरुमा चुनरी चढाउँदै आइरहेको छ । पछिल्लो वर्ष समेत विवाहपञ्चमीको अवसरमा चुनरी अर्पण गरेको ट्रष्टले यस वर्ष पनि जानकी मन्दिरमा पनि चुनरी चढाइएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *