महेश बस्नेत चढेको गाडीमा रङ प्रहार, २ जना पक्राउ
No ads found for this position
No ads found for this position
मोरङ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत चढेको गाडीमा रातो रङ (मसी) प्रहार भएको छ।
बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास भएको हो। बस्नेत सवार गाडीमा प्रदर्शनकारीले बेलुन र रातो रङ प्रहार गरेका हुन् ।
इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत १०:५० बजेको उडानमा आएका उनीमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया


