सिमरामा प्रहरीले हान्यो अश्रुग्यास र हवाई फायर, जेनजी समूह छलफलमा
सिमरा । बाराको सिमरामा जेनजी प्रदर्शनकारीलाई रोक्न प्रहरीले एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
सडक प्रदर्शन रोक्न प्रहरीले गरेको अनुरोन नमानेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यूको अवज्ञा गरि जेनजीहरुले प्रदर्शन गरिरहेका छन् ।
सिडिओले बोलाएको वार्तामा जानका लागि जेनजीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्नै लाग्दा जेनजी समूहबीचमै विवाद भएपछि अहिले उनीहरू सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् ।
बुधवार जेनजीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरूको मुख्य माग छ । साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही जेनजी समूह छन् ।


