निर्वाचनलाई प्राथमिकता दिउँ, महाधिवेशन वैशाखमा गरौं : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् । नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताएका हुन् ।
उनले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचन पछि मात्र महाधिवेशन गर्नुपर्ने बताए । उनले अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि बैशाखमा गरौँ । र त्यसैको तयारीमा हामी सबै लागौं ।’
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रीय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।


