एनपीएल: काठमाण्डु र सुदूरपश्चिम भिड्दै
काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
काठमाण्डु गुर्खाज दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाण्डु उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।
काठमाण्डुको नेतृत्व करण केसीले गर्दै छन्। उनको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।
सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीले गर्दै छन्। उनको नेतृत्वको टोलीमा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा रहेका छन्।


