ब्लाइन्ड महिला टी-२० विश्वकप: पाकिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा

No ads found for this position
No ads found for this position

काठमाडौं । भारतमा जारी पहिलो ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। नेपालले खेलेका पाँचमध्ये चार खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।

प्रतियोगिता अन्तर्गत समूहचरणको अन्तिम खेलमा बिनिता पुनको शतकीय इनिङमा नेपालले पाकिस्तानलाई १० विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। समूहचरणको अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तानमाथि १० विकेटको प्रभावसालि जित निकाल्यो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनको स्कोर बनाएको थियो। जवाफमा नेपालले उक्त लक्ष्य १३ ओभरमै विकेट नगुमाइ पुरा गर्यो।

पाकिस्तानका लागि एम अलीले ६१ बलमा ७७ रन बनाउँदा एम जहाँगिरले १७ तथा आर सविरले १२ रन बनाएकी थिइन्। त्यस्तै बी असरफले ६ रन बनाइन्।

१ सय ७१ रनको लक्ष्य छ्यएको नेपालले १३ ओभरमै उक्त लक्ष्य पुरा गर्यो।

नेपालको सानदार जितमा विनिता पुनले शतकीय इनिङ खेलिन उनलाई मनकेशरी चौधरीले ४३ रनमा अविजित साथ दिएकी थिइन्। पुनले ५२ बलमै शतक प्रहार गरीन्। उनी ५४ बलमा १०७ रन बनाएर अविजित फर्किएकी थिइन्।

जितसँगै नेपाल पाँच खेलबाट ८ अङ्क बनाएर तालिकाको दोस्रो स्थानमा रहँदै भारतसँगै सेमिफाइनलमा स्थान पक्का गर्यो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *