जेनजीलाई मन्त्री पुनले भने: गाउँ जाऊ, चुनाव जितेर आइ आफ्नै सरकार बनाऊ

तिमीहरूका सबै माग पूरा गर्न म सक्दिन, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ

No ads found for this position
No ads found for this position

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेनजी युवाहरुलाई आग्रह गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले कतिपय मागहरु पूरा गर्न नसक्ने किसिमा रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरु पूरा गर्न आग्रह गरे।

उनले भने, ‘अब यो तिमीहरुको सबै माग पूरा गर्ने हो भने तिमीहरु आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । यो भन्दा अर्को उपाय छैन । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन । यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो । तिमीहरुको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ । अब जेन जीका भाई बहिनीहरु काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरु ल्याउने र यस्ता किसिमका मागहरु पूरा गर्ने । केही मागहरु विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन ।’

जेनजी २.० ले १६ वर्षको उमेरमा एस.ई.ई. पास गरी सिटिईभिटि मा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरुको समाधान १ हप्ताभित्र गर्न अल्टिमेटम दिएको छ ।

विद्यार्थीका मागहरु समयमा पूरा नगरे त्यस पछिको अवस्थाको जिम्मेवारी सिटिइभिटीको हुने बताएको छ । यसै वर्ष सिटिईभिटि को छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *