नेप्से करिव १० अंकले बढ्यो, कतिमा भयो करोबार ?
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार करिब १० अंकले बढेको छ । आज नेप्से ९.७८ अंकले बढेर परिसूचक २५५०.३६ विन्दुमा पुगेको छ ।
नेप्से बढ्दा ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ बराबरको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
१३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३३५ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार ६३५ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये निर्जीवन बीमा र अन्य समूह बाहेक सबै समूह बढेको छ । विकास बैंक समूहमा लगानीकर्ताको बढी आर्कषण देखिएको छ ।
प्रतिक्रिया


