नेपालमा फुट्ने प्रविधिले फेरि फटाहा नेताहरूको शासन फर्किन्छ : मन्त्री पुन
नेपालमा फुट्ने प्रविधिले फेरि फटाहा नेताहरूको शासन फेरि फर्किन्छ : मन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले निर्वाचन आयोगमा धेरै नयाँ दल दर्ता भएको प्रति लक्षित गर्दै सानातिना कुरामा असन्तुष्टि राखेर पार्टी दर्ताको होडबाजीमा उत्रनु राम्रो नभएको बताए छन् ।
मन्त्री पुनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत संसारमा फुटेर नभइ आपसमा मिलेर र जुटेर मात्रै शक्तिशाली भइने बताएका छन् ।
उनले निर्वाचन आयोगमा १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा बारेमा यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैँ टिप्पणी गरेका छन् ।
उनले नयाँशक्ति एकजुट भएर नजाने हो भने जेनजी आन्दोलनको लक्ष्य तुहिने भन्दै अहिले सरकारले गरेका राम्रा कामहरू तिनै भ्रष्टहरूले उल्ट्याउने उल्लेख गरेका छन् ।
मन्त्री पुनको स्टाटस यस्तो छ– ‘हेर्नुहोस् १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे ! यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन् । संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ । नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ । यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ । जेनजी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरू र निर्णयहरू पुरानै पापी भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उल्ट्याउँछन् ।’
