कोरियन भाषा परीक्षा भोलिदेखि हुने
No ads found for this position
No ads found for this position
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षा भोलिदेखि सुरु हुने भएको छ। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ।
भोलिदेखि हुने उत्पादनमुलक क्षेत्रतर्फ ६७ हजार २९७ ले परीक्षा दिने छन्।
ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाका लागि १ लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ। शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो।
यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्। जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ।
प्रतिक्रिया
