सुनको मूल्य ६ हजार ९ सयले घट्यो
No ads found for this position
No ads found for this position
काठमाडौं । सुनको मूल्य आइतबार ६ हजार ९ सय रुपैयाँले घटेको भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज ६ हजार ९ सयले घटेको हो।
शुक्रबार ५ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४९ हजार ७ सय पुगेको थियो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ६ हजार ९ सयले घटेर एक तोला सुनको मुल्य २ लाख ४२ हजार ८ सय कायम भएको छ।
सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। चाँदीको मूल्य आज प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलाको ३ हजार २८५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया
