कश्मीरको प्रहरी चौकीमा विस्फोट हुँदा ९ को मृत्यु, ३२ घाईते
No ads found for this position
No ads found for this position
काठमाडौं । भारत नियन्त्रित कश्मीरको एक प्रहरी चौकीमा बरामद विस्फोटक पदार्थको थुप्रो विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
भारत नियन्त्रित कश्मीरको राजधानी श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रबार राति भएको ठूलो विस्फोटमा नौ जनाको मृत्यु भएको हो ।
विस्फोटको प्रकृति आकस्मिक भएको र फोरेन्सिक परीक्षणको लागि जफत गरिएका विस्फोटक पदार्थहरू ह्यान्डल गर्ने क्रममा भएको बताइएको छ ।
प्रहरीकाअनुसार प्रहरी चौकी परिसरमा राखिएका विस्फोटकहरू हालै फरीदाबाद (हरियाणा) बाट बरामद गरिएको थियो ।
प्रतिक्रिया
