काठमाडौंमा ‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा ४ जना चिनियाँ पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं। म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिकलाई शुक्रबार साँझ पक्राउ गरिएको छ । उनिहरु काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

व्यवसायसम्बन्धी भिसा लिएर आएका उनीहरूले म्यारिज ब्युरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ ।

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने आरोप पनि लागेको छ ।

उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *