प्रहरी अतिरिक्त महानिरीक्षक पदमा ईश्वर कार्की सिफारिस
No ads found for this position
No ads found for this position
काठमाडौं। नेपाल प्रहरीको जनपद समूह अन्तर्गत रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको नाम सिफारिस गरिएको छ ।
बढुवा समितिको सचिवालयले २०८२ कात्तिक २८ गते बसेको बैठकको निर्णयअनुसार कार्कीलाई शुक्रबार प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि सिफारिस गरेको हो ।
यसअघि काठमाडौं उपत्यकाका प्रमुख दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएपछि एआईजीको पद रिक्त भएको थियो।
कार्की हाल कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत छन्।

प्रतिक्रिया
