कांग्रेस महाधिवेशन विवाद- ‘इनफ इज इनफ, नाटक बन्द गरौं’

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्वलाई तत्काल महाधिवेशनको निर्णय गर्न चेतावनी दिएका छन् ।

केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय नगरे वैकल्पिक बाटो खोज्ने उनीहरूको सन्देश छ । काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर युवा भेलामा नेतृत्वको ढिलासुस्ती र अनिर्णयप्रति आक्रोश पोख्दै युवाहरूले पार्टीभित्र परिवर्तनको मागलाई तिब्र बनाएका छन् ।

‘इनफ इज इनफ, नाटक बन्द गरौँ: तिमिल्सिना

युवा नेता सचिन तिमिल्सिनाले नेतृत्वको व्यवहार परिवर्तन नगरे संगठन कमजोर बन्दै जाने चेतावनी दिए । उनले केन्द्रीय बैठकहरू डेढ–दुई महिनासम्म लम्ब्याउने प्रवृत्तिमाथि आपत्ति जनाए ।

उनले भने, ‘भनिन्छ इनफ इज इनफ । पुग्यो हामीलाई यस्तो नेतृत्व । नाटक बन्द गरौँ ! देशमा १९ जना मारिँदा पनि केही नभएजस्तो गरेर बैठक लम्ब्याउने ? समाधान गुण्डुमा खोज्ने हो भने हामीले पनि विकल्प सोच्छौँ । आजको युवा जे भन्यो त्यही मान्दैन !’

कार्यकर्ताले हिसाव माग्नेछन्: भण्डारी

युवा नेता मोती भण्डारीले एउटा व्यक्तिको वरिपरि शक्ति केन्द्रीत गर्ने र परिवर्तन रोक्ने नेताहरूमाथि आक्रोश व्यक्त गरे । तल्लो तहका कार्यकर्ताहरूको आक्रोश बढ्दै गएको भन्दै उनले नेतृत्वलाई सचेत गराए ।

उनले भने, ‘केन्द्रीय बैठक चलिरहँदा पनि अनिर्णयको बन्दी बनाउने हो भने निर्वाचन वा महाधिवेशनमा तल्लो तहका कार्यकर्ताले तपाईंहरूको हिसाव माग्नेछन्। यो कुरा याद राख्नुहोस् ।’

विशेष महाधिवेशन नै रूपान्तरणको विकल्प : लामा

महाधिवेशन प्रतिनिधि पुनम लामाले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग विधानसम्मत रहेको स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो पहिलो माग विशेष महाधिवेशन हो । यो भावनात्मक होइन । विधानले दिएको अधिकार हो । ५४ प्रतिशत हस्ताक्षरले यो पुष्टि गर्छ ।’

छिटो निर्णय नभए वैकल्पिक मार्ग

कांग्रेस युवाले नेतृत्वलाई विशेष महाधिवेशनको प्रक्रिया तत्काल अघि बढाउन दबाब दिएका छन् । अन्यथा पार्टीभित्र नयाँ बाटो खोज्ने उनीहरूको चेतावनीले कांग्रेसभित्र नयाँ तरंग सिर्जना गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *