सर्भरमा समस्या आएपछि यातायात व्यवस्था विभागको सबै सेवा बन्ध

No ads found for this position
No ads found for this position

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा समस्या आएपछि विभागको सेवा पुन: रुपमा ठप्प भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बन्दभएको विभागको सेवा कात्तिक १६ गतेबाट आंशिक रूपमा सुचारु भएको थियो ।

विभागले सर्भर सुचारु भएसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स)नवीकरण,आवेदन दिने, तथा छपाइ सेवाका काम सुचारु गरेको थियो ।

शुक्रबार बिहानबाट सर्भरमा समस्या आएपछि उक्त सेवा ठप्प भएको विभागले निकालेको सूचनामा उल्लेख छ ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *