ओलीको ट्याउँट्याउँले चुनाव रोकिए नागरिकले लतार्छन् : घनश्याम भुसाल

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक मात्र वाधक रहेको टिप्पणी गरेका छन् ।

उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको तर ओलीको कारण रोकिन सक्ने बताए ।

उनले भने, ‘हामीसँग अलरेडी पार्टी छँदैछ । आउने चुनावमा हामीले राम्ररी एजेन्डासहित फेस गर्छौं । हामीले चुनावमा भाग लिने कुरामा हामी प्रस्ट छौँ । हामी विप्लवजीहरुसहित चुनावमा जान्छौँ । चुनावका लागि ओलीजी मात्रै वाधक हो । अरू कुनै कुराले चुनाव रोकिँदैन । अहिले देखिएको ओलीजी मात्रै हो । तर मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनु बाहेक अर्को कुनै विकल्प हुँदैन । भवितव्य तात्कालिक प्राविधिक कारणले सर्‍यो भने त्यो अर्को कुरा हो । नत्र भने सरकारको तयारीको हिसाबले भन्नुहुन्छ, अरू राजनीतिक वातावरणको हिसाबले भन्नुहुन्छ भने चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिन । ओलीजीले अहिले जुन ट्याउँट्याउँ गर्नुभएको छ । उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनु हुन्न । उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरूले लतार्नेछन् ।’

उनले ओली सहजै निर्वाचनमा नआउने तर मुलुकको राजनीति र नागरिकहरूले लतारेपछि बाध्य हुने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *