अन्तिम समयमा अनन्तले गोल गर्दा बंगलादेशसँग हारबाट जोगियो नेपाल

No ads found for this position
No ads found for this position

काठमाडौं । मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपालका हारबाट जोगिएको छ । खेलको दोस्रो हाफको इन्जुरी समयमा अनन्त तामाङले गोल गर्दै नेपाललाई हार हुनबाट जोगाए ।

बंगलादेशको ढाकामा भएको खेलमा नेपालले घरेलु टोलीसंग २-२ को बराबरी खेलेको हो ।

खेलको २९औं मिनेटमा गोल गर्दै रोहित चन्दले नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफको सुरुआतमै गोल खान पुग्यो ।

बंगलादेशका हम्जा चौधरीले ४६औं मिनेटमा गोल गर्दै बराबरीमा फर्काए । त्यसको ४ मिनेटपछि तिनै हम्जाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । खेलको अन्तिम समयमा अनन्तले गोल गर्दै नेपाललाई हार हुनबाट जोगाएका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *