गृहमन्त्रीबाट न्याय पाएनौं, हामी चुनावमा जाँदैनौं: सुदन गुरुङ

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन्।

बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताए । उनले आफ्ना मागहरु पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाईतेका मागहरु पूरा हुनुपर्ने बताए ।

उनले भने, ‘हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते र शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ । यो सरकारको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ । घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ । हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उनले न्याय दिने आशा छैन ।’

उनले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । हरेक नेपालीहरु देश बनाउन आउनुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *