राष्ट्रिय परिचय पत्र हुनेले मतदाता नामावली संकलन गर्न अनलाइन फारम भरे पुग्छः भण्डारी

No ads found for this position
No ads found for this position

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइन मतदाता नामावली संकलन गर्नेहरुको राष्ट्रिय परिचय पत्र कार्डबाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइने बताएका छन् ।

जेनजी प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी बताए । उनले अहिले धेरै नागरिकहरुले नेशनल आइडी कार्ड बनाइसकेकाले थप सहज हुने विश्वास लिएको बताए ।

उनले भने, ‘अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरुले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ । त्यसले तपाईंहरुका सबै मागलाई सम्बोधन गर्दछ । अध्ययनको कामका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता गराउन नेपालका कुटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने भन्नुभएको छ । उहाँहरुले पनि अनलाइनमार्फत भर्न सक्नुहुन्छ । उहाँहरुले अनलाइनमा फारम भर्नुभयो भने नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक ल्याएर दाँज्छौँ ।’

उनले एक महिनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न कसैले चासो नदेखाएको भएपनि पछिल्लो समय धेरै चाप रहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *