राष्ट्रपतिसमक्ष प्रदेश प्रमुख कर्णले लिए शपथ

No ads found for this position
No ads found for this position

काठमाडौं । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

सरकारले सुमित्रा भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बर्खास्ती गरेको थियो । साथै मन्त्रीपरिषद्को बैठकले सोमबार नै कर्णलाई नियुक्त गरेको थियो ।

कर्णले राष्ट्रपति पौडेलसँग मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *