नेताले इमान्दार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैनः सुनिल शर्मा

No ads found for this position
No ads found for this position

मोरङ। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा इमान्दार भएर काम गर्दा कोही भाग्नुपर्ने स्थिति नआउने बताएका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको पक्षमा काम गर्दा खादा, माला, प्रेम, सहानुभुति र सद्भाव पाइने र जल्नुपर्ने, भाग्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति स्थिति नआउने बताए।

देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र भएको उनले दावि गरे । उनले कुनै समय अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय अध्ययनकर्ताहरुको अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘जनताको पक्षमा इमान्दार भएर काम गर्ने हो भने यसरी माला, खादा, तपाईंहरुको प्रेम, सहानुभुति, सद्भाव पाइँदो रहेछ नि । भाग्नुपर्ने, जल्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति वा जनतासँग भेट्न जाँदा प्रहरी वा सेना राखेर जानुपर्ने स्थिति नहुँदो रहेछ । मुलुकको १ सय ६५ क्षेत्रमा मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र हो । कुनै दिन यस्तो दिन पनि आउनसक्छ । अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय रिसर्चरहरुले किन यो क्षेत्रका जनताले छानि छानि विवेक प्रयोग गरेर किन राम्रा मान्छेलाई भोट हाल्दा रहेछन् भनेर अनुसन्धानको विषय बन्नसक्छ ।’

पुल बनेपछि करिव हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *