प्रचण्ड-माधवको नेकपामा मिसिँदै भीम रावल
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा नेता डा.भीम रावल प्रचण्ड-माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिने भएका छन्। केपी ओलीले एमालेबाट निष्कासन गरेपछि उनि अहिले बेग्लै राजनीतिक अभियान चलाइरहेका थिए।
रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच बुधबार एकता हुने तय भएको छ। उनलाई पार्टीमा भित्र्याउन प्रचण्ड-माधवले बुधबार राष्ट्रिय सभागृहमा बृहत् पार्टी समायोजन कार्यक्रम आयोजना गरेका छन्।
रावलले प्रचण्ड र माधव नेपालसहित आफूनिकट नेताहरूसँग छलफल गरेर एकता प्रक्रियामा जान लागेका हुन्।
प्रतिक्रिया


