धनकुटा र भोजपुरमा लगाइएको अवैध गाँजा खेती फडानी गरी नष्ट

No ads found for this position
No ads found for this position

विराटनगर। धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैधरुपमा लगाएको र प्राकृतिक रूपमा आफै उम्रिएका गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अवैध रूपमा लगाएका र आफै उम्रिएका गाँजाका बोटहरू नष्ट गरिएको हो ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभूमी गाँउपालिका-५ स्थित ५ रोपनी क्षेत्रफलमा रहेका कारिव १० हजार बोट र इलाका प्रहरी कार्यालय राजारानीले चौबिसे गाउँपालिका-५ डाँडाखर्क स्थित ३ रोपनी क्षेत्रफलमा रहेको करिब ४ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।

यसै गरी भोजपुरको हतुवागढी र आम्चोक गाउँपालिकाको विभिन्न वडाका १० रोपनी जग्गामा रहेको करिब १ हजार ५० वटा गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *