मुख्यमन्त्री नियुक्तिविरूद्ध मधेशका ७ दल सर्वोच्च जाने

No ads found for this position
No ads found for this position

काठमाडौं । मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएको प्रकरणमा मधेशका सात राजनीतिक दल सर्वोच्च अदालत जाने भएका छन् ।

संविधानको धारा १६८को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरूले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका हुन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै बर्दिबासको पानस होटलमा संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै सात राजनीतिक दलहरु आज छलफलमा जुटेका थिए । उनीहरुले सभामुखमाथि अविश्वासको प्रश्ताव प्रश्तुत गर्ने तयारी समेत तयारि गरेका छन् । छलफलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीसहितका दलहरू सहभागी थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *