हवाई ट्राफिक कटौती लागू हुँदा १ हजार बढी अमेरिकी उडानहरू रद्ध
काठमाडौं । अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्दको समयमा हवाई ट्राफिक नियन्त्रकहरूको अभावका कारण हवाई ट्राफिक कटौती लागू भएपछि संयुक्त राज्य अमेरिकाभर १ हजार भन्दा बढी उडानहरू रद्ध गरिएको छ ।
अमेरिकी उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसा ४ हजार ३ सय भन्दा बढी उडानहरू ढिलाइ भएका थिए । १ हजार भन्दा बढी रद्ध गरिएका छन् ।
अमेरिकी यातायात विभाग र संघीय उड्डयन प्रशासनले बुधवार संघीय सरकारले शुक्रबारदेखि ४० स्थानहरूमा हवाई ट्राफिक घटाउने घोषणा गरेपछि यो आएको हो ।
यातायात सचिव सीन डफीले यदि सरकारी बन्द लम्बियो भने उडान कटौती २० प्रतिशतसम्म बढ्न सक्ने बताए । बन्द शुरु भएदेखि, लगभग १३ हजार हवाई ट्राफिक नियन्त्रकहरू र लगभग ५० हजार विमानस्थल सुरक्षा अधिकारीहरूलाई तलब बिना काम गर्न बाध्य पारिएको छ ।
केही हवाई ट्राफिक नियन्त्रकहरूले हप्तामा ६ दिन १० घण्टा काम गरिरहेका छन् ।
