सुकुम्वासीलाई दुर्गा प्रसाईले भने- तपाईंको बस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

No ads found for this position
No ads found for this position

काठमाडौं । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन साहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन् ।

आइतबार मनोहराको सुकुम्बासी बस्तीमा पुगेर भाषण गर्दै उनलेले सुकुमबासी बस्ती हटाउने बालेनको योजनाको विरोध गरे । उनले उनले काठमाडौं सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीलाई लेखेट्ने काम नगर्न बालेनलाई अनुरोध गरे ।

प्रसाईंले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर छ, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, अनि स्टाटस लेख्नुहन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ । त्यो गर्दागर्दै अहिले तपाईं केही गर्न नसकेर तपाईंको जम्मा भत्काउने काम मात्रै भो । गरिबलाई लेखेट्ने काम मात्रै भो ।’

प्रसाईंले थप भने, ‘एउटा गरिबको छोरो, एउटी गरिबकी छोरी, गरिबको के हुन्छ, घर पनि हुँदैन, जग्गा पनि हुँदैन, कि खोलाको डिलमा बस्नुपर्यो कि सडकको फुटपाथमा बस्नुपर्यो । यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दाखेरि तपाईं, तपाईं लगायतको टिमले शहरलाई राम्रो बनाउने नाममा लात हानेर खेद्नुभयो । शहर खै के सुन्दर छ, जस्ताको तस्तै छ ।’

बरु बालेनको कारणले काठमाडौंमा व्यापार व्यवसाय चौपट भएको र सटरहरु बन्द हुँदै गएको प्रसाईंले बताए ।‘अब छाड्ने होइन, मंसिर ७ को तयारीमा लाग्नुस्,’ उनले भने ।

उनले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *