हिल्साको तापक्रम माइनस ८ डिग्री, धारामा पानी जम्यो

No ads found for this position
No ads found for this position

हुम्ला । केही दिन अगाडि भएको हिमपातपछि नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिका- ५ को हिल्सा क्षेत्रको तापक्रम माइनस आठ डिग्री सेल्सियस पुगेको छ ।

एक हप्ता अगाडिसम्म हिल्साको तापक्रम सुन्ने डिग्री सेल्सियस रहेकोमा हाल ह्वात्तै वृद्धि भएर माइनस आठ डिग्री सेल्सियस पुगेको हो।

तापक्रम माइनसमा झरेपछि खानेपानीका धारामा पानी जम्न थालेको छ भने अधिकांश समय आगो तापेर घर भित्रै बस्नु पर्ने अवस्था रहेको छ ।

हिल्सामा यारी नाका भन्सार, अध्यागमन, जनपद प्रहरीको सिमा प्रहरी चौकी, सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकी, होटेल व्यवसायी र स्थानीय बस्दै आएका छन् ।

चिसो बढेपनि हिल्सा नाकाबाट चीनको ताक्लाकोट आउजाउ भइरहेको छ भने चार हजार ६७० मिटर उचाईको नारा लेकको सडक पनि सुचारु रहेको छ । हिमपातको समयमा हिल्सामा तापक्रम माइनस २१ डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *