युवासंघले दियो मेयर बालेन साहविरुद्ध साइबर ब्युरोमा उजुरी
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमाले निकट युवासंघद्वारा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ ।
युवासंघले आज बालेन साहविरुद्ध साइबर ब्युरोमा पुगि उजुरी दिएको हो
बालेनले लेखेको एउटा स्टाटसलाई लिएर उजुरीसहित युवासंघका उपाध्यक्ष महाराज गुरुङसहितका युवा संघका नेता कार्यकर्ता ब्युरो पुगेका हुन् ।
उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै युवा संघले बालेनलाई विद्युतीय अपराध अन्तर्गत कारबाही गर्न माग गरेको छ ।
बालेनले केहि दिन अघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस लेखेका थिए ।

प्रतिक्रिया
