गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न- डा. निकोलास भुसाल पक्राउ पर्दा महेश बस्नेत किन छुटे ?

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल ओली सरकारकै पारामा ढल्किएको भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा महेश बस्नेतलाई किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएका छन् । एउटै अभिव्यक्तिमा डा. निकोलास भुसाललाई पक्राउ गर्ने तर बस्नेतलाई पक्राउ नगरेको भन्दै उनले गृहमन्त्रीलाई शक्तिशालीलाई नछुने हो भन्दै प्रश्न गरेका हुन् ।

उनले यो सरकारसमेत ओली सरकारकै पारामा ढल्किएको हो भन्दै प्रश्नसमेत गरेका छन् ।

गुरुङले भनेका छन्- ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ? बन्द कोठामा प्रश्न गर्दा-गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *