खड्का ल्याण्डलाई स्काउटले भन्यो- ७ दिनभित्र बहाल चुक्ता नगरे सामान जफत गर्छौं

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल स्काउटले आफ्नै स्वामित्वमा रहेको प्रधान कार्यालयमाको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको छ ।

स्काउटले आज एक सूचना मार्फत बक्यौता नतिरे जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी दिएको छ ।

सूचना अनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । तर भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको उल्लेख छ ।

स्काउटको जग्गा कांग्रेस नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्याण्ड प्रालिले कब्जा गर्दै आएको आरोप लाग्दै आएको छ ।

सूचनामा लेखिएको छ, ‘उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम र मुलकको देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *