आर्थिक संकटमा परेकी महिलालाई ‘लियो क्लब अफ काठमाडौँ रियल जर्नी’द्वारा सहयोग

No ads found for this position
No ads found for this position

काठमाडौं, १९ कात्तिक ।बालाजुमा आर्थिक संकटमा परेकी महिला सबिना मगरलाई ‘लियो क्लब अफ काठमाडौँ रियल जर्नी’द्वारा सहयोग काठमाडौँ । बालाजुमा बसोबास गर्दै आएकी सबिना मगर अत्यन्तै नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेकी छिन्। उहाँका दुई छोरामध्ये एक जना शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। जीवनयापन कठिन अवस्थामा पुगेको परिवारमा पछिल्ला महिनाहरूमा आम्दानीको कुनै स्रोत नभएकाले दैनिक आवश्यकता पूरा गर्न समेत समस्या भएको छ। सबिनाजीका श्रीमान् वैदेशिक रोजगारका लागि विदेशमा हुनुहुन्छ। तर व्यक्तिगत कारणवश विगत ६ महिनादेखि उहाँले घरमा पैसा पठाउन सक्नुभएको छैन। यस कारण सबिनाजी र उहाँका छोराहरूले पछिल्ला चार महिनादेखि राम्रोसँग खाना खान पाउनुभएको छैन। उहाँहरूले तीन महिनादेखि तरकारी समेत नखाएको र जौ–लिटोका भरमा दिन गुजार्दै आएको जानकारी प्राप्त भएको छ। त्यस्तै, घरभाडा पनि चार महिनादेखि तिर्न नसकेको बताइएको छ। यस्तो कठीन परिस्थितिमा सबिनाजीले हालै ‘लियो क्लब अफ काठमाडौँ रियल जर्नी’सँग सम्पर्क गर्दै आफ्ना समस्या र अवस्थाबारे बताउनुभएको थियो। उक्त क्लबका सदस्यहरूले आज उहाँको घरमै पुगेर दाल, चामल, नून, चिनी, तेल, चाउचाउ लगायतका अत्यावश्यक खाद्यान्न सामग्रीहरू वितरण गरेका छन्। साथै, क्लबको तर्फबाट केही रकम पनि सहयोग गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *