जनतामा अलोकप्रिय पात्र हटाऔं, जेनजीलाई समावेश गर्न खुकुलो नीति ल्याऔं : नेता पौडेल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दलहरुको गम्भीर त्रुटीको कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको भन्दै दलहरु सच्चिनुको विकल्प नभएको टिप्पणी गरेका छन् ।

बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले दलहरुले एउटै नेतृत्वलाई निरन्तरता दिएर राज्यसत्तामा पुर्‍याउने प्रवृत्तिका कारण मुलुकमा विद्यमान समस्याको हल हुन नसकेको बताए ।

उनले भने, ‘पुराना राजनीतिक दलहरुमा त्रुटी देखिएको छ । सच्चिनुपर्ने आवश्यकता देखिएको छ । मुख्यगरी दलको नेतृत्व लामो समयदेखि राज्यसत्तामा बसेर शक्तिशाली बनिरहेको छ त्यही नेतृत्वलाई निरन्तरता दिने प्रयास दलहरुले प्रयोग गरेको स्थिति छ । पार्टीमा नेतृत्व लोकप्रिय हुने जनतामा उक्त नेतृत्व अलोकप्रिय हुने पार्टीमा नेतृत्वलाई निरन्तरता दिई लोकप्रिय राखिराख्नको लागि जनताका आवाजहरु उठाइरहनु नपर्ने हो कि ? त्यो एउटा गम्भीर प्रश्न छ । यो जेनजी आन्दोलनले नै संवैधानिक नियुक्तिहरु राजनीति ढंगले हुनु भएन भन्ने माग अघि सार्नुभयो । कुरा के हो त भन्दा संविधानअनुरुप दलहरुले व्यवहार गरिरहेका छैनन् । संविधानकै लेखिएका कुराहरु समस्या हुनभन्दा पनि व्यवहार समस्या हो । त्यसकारण दलहरुको प्रवृक्ति परिवर्तन गर्न आवश्यक छ । अझैपनि परिवर्तनको लागि लेखिने त डकुमेन्ट नै हो । ती लेखिएका कुराहरु व्यवहारमा कसरी लागु हुन्छन् ? त्यो महत्वपूर्ण कुरा हो ।’

उनले जेनजी पुस्तालाई पार्टीमा समावेश गर्न कांग्रेसले खुकुलो नीति अंगाल्ने पनि बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *