‘जेरी अन टप’ फिल्मले कमायो १० करोड, अरु कुनले कति कमाए ?

No ads found for this position
No ads found for this position

काठमाडौं । पछिल्लो समय प्रदर्शनमा आएको अभिनेता अनमोल केसी ‘जेरी अन टप’ नामक चलचित्रले १० करोड ५१ लाख कमाएको छ ।

३ लाख ३३ हजार ६ सय ५ वटा टिकट विक्रि गरेर उक्त चलचित्रले करोडौं कमाउन सफल भएको हो ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक १५ सम्मको बक्स अफिस रिपोर्टअनुसार अर्को ‘बलिदान’ चलचित्रले ५ करोड १० लाख भन्दा बढी कमाएको छ । ‘बलिदान’ले १ लाख ७१ हजार ६३ ओटा टिकट विक्री गरेर ५ करोड भन्दा बढी कमाएको हो ।

अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ७१ लाख ३७ हजार कमाएको छ । उक्त चलचित्रको १ लाख ४९ हजार २३७ वटा टिकट विक्रि भएको थियो ।

यस्तै, ‘माइतिघर’ले १ लाख ४२ हजार ७१२ ओटा टिकट विक्री गरेर ४ करोड १५ लाख कमाएको छ भने अर्को चलचित्र ‘वरिष्ठ बलराम’को टिकट ८२ हजार ११७ ओटा विक्रि भएका छन् । उक्त चलचित्रले २ करोड ४८ लाख कमाएको छ ।

यस्तै अर्को ‘मैझारो’ चलचित्रको टिकट ३३ हजार ९ सय ४२ विक्री भएका छन् भने उक्त चलचित्रले १ करोड भन्दा बढी कमाएको छ ।

प्रदर्शनमा आएको ‘सोल्टिनी’ले खासै व्यापार गर्न सकेको देखिँदैन । उक्त चलचित्रको ८ हजार ८ सय ४ ओटा टिकट विक्री भएका छन् भने उक्त चलचित्रले समीक्षा अवधीमा २८ लाख ८० हजार मात्रै कमाएको रिपोर्टले देखाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *