ठुला नेताहरुले नै कम्युनिस्ट पार्टीलाई विभाजन गरे : घनश्याम भुसाल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीसहित ९ पार्टीसँग एकता प्रक्रियामा असहमति जनाएका छन्।

उनले कम्युनिस्ट पार्टीहरूलाई विभाजित गर्ने काम मुख्य नेतृत्वहरूले नै गरेको आरोप लगाए ।

भुसालले पत्रकार सम्मेलन गर्दै माओवादीसहित ९ पार्टीसँगको एकता पार्टीको बहुमतले निर्णय गरेको भए पनि आफ्नो विमति रहेको बताए ।

उनले भने, ‘पार्टीको बहुमतले निर्णय गरेको भए पनि हामीले कुनै पदको बार्गेनिङ गरेर असहमति राखेका होइनौँ । यो एकता प्रक्रियाको सुरुदेखि नै हामीले केही प्रश्नहरू उठाउँदै आएका छौँ ।’

उनले संविधान, राज्य व्यवस्था, बसाईसराई, आर्थिक गतिविधि, बजारको विस्तार लगायतका धेरै गतिविधिले समाज नयाँ हिसावले पुनःगठित भएको बताए ।

प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिएपनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको उनले बताए।

उनले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भईरहने प्रवृत्ति हट्न नसकेको बताए । उनले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *