माओवादीसहित ९ पार्टीबीच एकता घोषणा हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एस सहित आज ९ पार्टीहरुबीच एकता घोषणा हुने भएको छ । एकता आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा हुने छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।

एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको छ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने दलहरुबीच सहमति भएको छ भने चुनाव चिह्न पाँच कुने तारा रहने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *