नागरिकता पोलिएर प्रतिलिपिलिन गएकि विद्यालाई दल टुटेकै चिन्ता
काठमाडौं । जेनजी आन्दोलनमा घर आगलागीमा नागरिकता पोलिए पछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि लिएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्ने बताएकि छिन्। उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरु टुट्नुफुट्नु राम्रो नभएको पनि बताइन्।
पार्टीभित्रका मतभेदहरु भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने बताइन् । राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरु एक हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘पार्टीहरु टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरु सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पार्टीहरु पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरु पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’
उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताइन् । सुरक्षाकर्मीका हातहतियारहरु लुटिएको भन्दै गल्ती गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने बताइन् । राजनीतिक दललाई पनि बोलाएर संवाद गर्नुपर्ने उनको भनाइ छ।


