५ एसएसपीको डीआईजीमा पदस्थापन, को कहाँ ?
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ ।
कात्तिक ९ गते बढुवा सिफारिस भएका उनीहरूको बढुवा सदरसँगै पदस्थापन गरिएको हो ।
जस अनुसार भूपेन्द्रबहादुर खत्री केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), सानुराम भट्टराई प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा पदस्थापन भएका छन् ।
त्यस्तै ओम अधिकारी उपत्यका प्रहरी कार्यालय, शेखर खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापित भएका छन् ।
प्रतिक्रिया
