प्रधान सेनापतिद्वारा बिष्ट र खड्कालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले हिम्मतबहादुर बिष्ट र विष्णुकुमार खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधान सेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी बिष्ट र खड्कालाई जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *