महानगरले ट्राफिक कार्यालय भत्काउन खोजेपछि बाक्लो संख्यामा प्रहरी परिचालन (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रुपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको संरचनाहरुमा आईतबार महानगरले डोजर चलाएको हो ।

महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध भौतिक संरचना भत्काइरहेको छ ।

महानगरपालिकाले राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग पनि भत्काउने बताएको छ । अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठूलो संख्यामा खटिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *