सरकारी कार्यालय आजदेखि ४ बजे बन्द हुने
No ads found for this position
No ads found for this position
काठमाडौं । आजदेखि सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० देखि ४ बजेसम्म तोकिएको छ। अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ। ३ महिनापछि भने अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।
शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ।
प्रतिक्रिया


