नर्सहरूले गरे देशभर प्रदर्शन, श्रमको सम्मान नभएसम्म आन्दोलन जारी रहने (तस्बिरहरू)
काठमाडौं । न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका अस्पतालका नर्सहरूले विरोध प्रदर्शन गरेका छन् ।
उनिहरुको विरोधमा शुक्रबार सरकारी अस्पतालका नर्सहरूले पनि एक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिए । सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै उनिहरु आन्दोलनमा उत्रिए हुन् ।

नर्सिङ संघले अघि सारेको १५ बुँदे मागलाई पूरा गर्नुपर्ने भन्दै आज देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब-भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ । यस्तै श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ ।



