धरान-धनकुटा सडकमा पहिरो, साना सवारी एकतर्फी सञ्चालन

No ads found for this position
No ads found for this position

धनकुटा । कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक अवरुद्ध भएको छ ।

वर्षाका कारण आएको पहिरोले धनकुटाको भेडेटार मुनि कोल्वोटे क्षेत्रमा सडक भास्सिएर अवरुद्ध भएको हो ।

सडक भास्सिएर बाटो साँगुरो भएपछि अहिले टाटा सुमो, माइक्रो जस्ता साना सवारी साधन मात्र एकतर्फी सञ्चालन गरिएको र ठूला सवारी साधनहरूको आवतजावत रोकिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकोले यात्रुहरूलाई अत्यावश्यक नभए उक्त सडक खण्ड प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *