विश्वकप लिग-२: कप्तान पौडेलको शतकमा नेपालले यूएईलाई दियो २ सय ३४ रनको लक्ष्य
काठमाडौं । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले यूएईलाई २ सय ३४ रनको चुनौती दिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनायो ।
कप्तान रोहितकुमार पौडेलले शतकमा नेपालले २ सय ३३ रन बनाएको हो । पौडेलले पाँच चौका र दुई छक्काको मद्दतमा १ सय ९ रन बनाए ।
यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले ३५, आशिफ शेख २७, दीपेन्द्रसिंह ऐरीले २३, करण केसीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा रोक्न यूएईका लागि जाहिद अलीले चार र जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा मोहम्मद रोहिद र हैदर अलीले एकएक विकेट हात पारे ।
यूएईले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
तस्बिरः क्यान
