एरिकालाई नगद एक लाखसहित सम्मान

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल सितोरियो कराँते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मंगलबार सितोरियो संघले पत्रकार सम्मेलनमार्फत गर्दै अन्तर्राष्ट्रिय पदक विजेता एरिकालाई नगदसहित सम्मान गरेको हो ।

नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासंघका उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह र महासंघका महासचिव दावा लामाले एरिकालाई नगद एक लाख र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार सम्मानपत्रसहित सम्मान गर्‍यो ।

एरिकाले मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् ।

नेपालले पहिलोपल्ट सिरिज वान पदक जितेको हो । सो अवसरमा संघले इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले भविष्यमा पनि अन्तर्राष्ट्रिय पदक ल्याइरहने वातावरण सिर्जना गर्न प्रशिक्षहरूले आफूलाई अपडेट गर्दै लैजानुपर्ने बताए ।

पुरानै स्थितिबाट आफूलाई तयार गरेर प्रतियोगितामा प्रतिष्पर्धा गर्ने हो पदक ल्याउन सहज नहुने लामाले धारणा राखे ।

प्रशिक्षक कुशल श्रेष्ठले खेलाडीको सफलतामा सम्मानले उनीहरूमा ठूलो प्रोत्साहन मिल्ने बताए ।

एरिकाले सबै नकरात्मक पक्ष बिर्सिएर आगामी विश्व च्याम्पियनसिपको लागि तयार रहेको बताइन् । विश्व कराँतेमा नेपालप्रति पनि राम्रो छाप बस्दै गएको एरिकाले उल्लेख गरिन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *