मुस्ताङमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सुरक्षित रहन अपिल

No ads found for this position
No ads found for this position

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपासका क्षेत्रका मङ्गलबार बिहानैदेखि हिमपात सुरु भएको छ ।

उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको भएको हो।

अहिले लोमान्थाङ बजारमा हिमपात भएसँगै चिसो पनि बढेको छ । हिमपात भएसँगै उपल्लो मुस्ताङ जाने पर्यटकले सतर्कता अपनाउनुपर्ने देखिन्छ । यस्तै हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बर्षा भइरहेको छ ।

त्यस्तै मुक्तिनाथ मन्दिर आसपासका क्षेत्रमा हिमपात भएका कारण जनजिवन कष्टकर भइरहेको छ । हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे हुन थालेको छ । मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएका कारण चिसोले जनजीवन प्रभावित भएको छ ।

मुस्ताङमा बिदा मनाउन गएका पर्यटकलाई सुरक्षित बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

तस्बिर : सौजन्य उमेश पौडेल



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *